जाडोमा यसरी गर्ने छालाको हेरचाह

सोमबार, १४ कार्तिक, २०७९
डिजिटल संस्करण

समस्या 
जाडोयाममा ओठ फुट्ने, हातखुट्टा, पैताला फुट्ने, चिरा पर्ने, टाउकोमा चाया पर्ने, अनुहारमा गाला फुट्ने, सुक्खा हुने, शरीर चिलाउनेलगायतका समस्या देखिन्छन् । चिसोले गर्दा टाउकोदेखि पैतालासम्म सुक्खापनको समस्या आउन सक्छ । 

कत्ले रोग : जाडो समयमा देखिने समस्यामध्ये सोरियासिस अर्थात् कत्ले रोग पनि हो । जाडोको समयमा छाला अरू वेलाभन्दा बढी सुक्खा हुने हुँदा समस्या हुन्छ । गर्मीमा भन्दा जाडो भएपछि कत्लाजस्तो भएर फुस्रो हुने र चिलाउने समस्या देखिन्छ ।
चाया : जाडोयाममा चाया पर्ने समस्याले धेरैलाई सताउँछ । यस मौसममा चिसोले गर्दा राम्रोसँग हाम्रो शरीरको हेरचाह गर्न सक्दैनौँ, अनि यो समस्या धेरै हुन्छ । कपालमा चाया पर्ने समस्या पनि जाडोयाममा बढी देखिन्छ । 
लुतो : कतिपयमा लुतोको समस्यामा पनि देखिने गर्छ । विशेषगरी समूहमा बस्ने मानिस (होस्टेल, ब्यारेक)मा लुतोको समस्या देखिने जोखिम धेरै रहन्छ । 
एलर्जी : जाडोयाममा विशेषगरी डेढ–दुईदेखि १२ वर्ष उमेरसम्मको बालबालिकामा एलर्जी देखिन सक्छ । 
घामको एलर्जी : जाडोयाममा मानिस घाम ज्यादा तापेर बस्ने गर्छन् । सीधै घाममा बस्दा एलर्जी हुन सक्छ । त्यस्तै, अत्यधिक चिसो हुँदा बेलुकीको समय धेरैले हिटर ताप्ने गर्छन् । हिटर ताप्दा छाला रातो हुने समस्या हुन्छ । तातो पानी तथा हिटरले छाला जल्ने समस्या निम्त्याउँछ । त्यस्तै, कतिपयमा हातखुट्टाका औँलाका टुप्पा सुन्निने गर्छ । शरीरमा चिसोले गर्दा रक्तसञ्चार कम हुँदा यसरी टुप्पा सुन्निन्छन् । रगतको धमनी खुम्चन पनि सक्छ । 

कसरी हेरचाह गर्ने ? 

  • पूरा शरीर ढाक्ने, पूरा बाउला भएको न्यानो लुगा लगाउने । 
  • पन्जा, मोजा लगाउने । 
  • तापक्रम मेन्टेन गरेर बस्ने ।
  • नुहाइसकेपछि र राति सुत्नुअघि मोस्चराइजरको प्रयोग गर्ने । यसले छाला सुक्खा हुन दिँदैन । मोस्चराइजर क्रिम उपलब्ध नभएको अवस्थामा नरिवलको तेल प्रयोग गर्ने । 
  • छाला सुक्खा गर्ने साबुन प्रयोग नगर्ने । 
  • घाममा निस्कनुअघि सनस्क्रिन तथा लोसन लगाउने । 
  • दैनिक चार लिटर पानी पिउने । 
  • नियमित व्यायाम गर्ने । 
  • केही समस्या परेमा छालारोग विशेषज्ञसँग सम्पर्क गरी उपचार गर्ने ।

सुझावित समाचार