एउटा भाँडामा मनतातो पानीमा सर्फ र स्याम्पु राख्नुस् । त्यसमा १० मिनेट आफ्नो हातलाई भिजाएर राख्नुस् । त्यसपछि ढाडिएर बसेका फोहोर–मयललाई सफा गर्नुस् । त्यसैगरी, क्युटिकल ट्रिमरको प्रयोग गरेर पनि नङलाई सफा गर्न सकिन्छ । यस्तो गर्दा पार्लरमा गएर गरेजस्तै क्लिन हुन्छ ।
पोलिस यसरी लगाउने
नङपालिस सीधै लगाउने चलन छ । सीधै लगाउँदा नङको प्राकृतिक सौन्दर्य हट्ने, सुक्खा हुने र हरियो, पहेँलाे दाग देखिने हुन सक्छ । त्यसैले पहिला नङलाई सफा गरेर बेसकोटमाथि नेल कलर लगाउनुपर्छ । त्यसपछि टप्पु लगाएर नेलपोलिस लगायौँ भने नङ सुक्खा हुन कम हुन्छ । दाग पनि देखिँदैन । राम्रो र सफा देखिन्छ ।