लमजुङमा राति ८ बजेपछि देउसी-भैलो खेल्न नपाइने

शनिबार, ५ कार्तिक, २०७९
डिजिटल संस्करण

नेपालीको दोस्रो ठूलो पर्व तिहारका अवसरमा खेलिने देउसी-भैलोलगायतका कार्यक्रम लमजुङमा राति ८ बजेपछि खेल्न नपाइने भएको छ। 

सुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय लमजुङले राति ८ बजेपछि देउसी-भैलोलगायतका मनोरञ्जनात्मक  कार्यक्रम नगर्न अनुरोध गरेको छ। 

प्रशासनले देउसी–भैलोलगायतका सांस्कृतिक कार्यक्रमहरू रातको समयमा गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरूले शान्ति–सुरक्षामा प्रतिकूल असर पुर्याउन सक्ने भएकाले राति ८ बजेसम्म मात्रै देउसी-भैलोलगायतका कार्यक्रम गर्न आग्रह गरेको छ।

साथै, दीपावलीको अवसरमा भुइँचम्पा, पटका, आतसबाजीलगायतका विस्फोटक पदार्थको प्रयोग नगर्न आग्रहसमेत गरेको छ। 

विस्फोटक पदार्थको उत्पादन, आयात, निर्यात तथा बिक्री-वितरण नगर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको सूचनामा निषेधित कार्यमा संलग्न भएको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ।
 

सुझावित समाचार