स्पष्टीकरण सोध्दा कोकोहोलो मच्चाइयो : प्रमुख आयुक्त थपलिया

शुक्रबार, ४ कार्तिक, २०७९
डिजिटल संस्करण

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण सोध्दा कोकोहोलो मच्चाइएको बताएका छन्।

शुक्रबार विराटनगरमा प्रदेशस्तरीय मिडिया अभिमुखीकरणको उद्घाटन गर्दै उनले राजनीतिक दलका नेताहरूले आफैँले दस्तखत गरेको आचारसंहिता उल्लंघन गरेको बताए। स्पष्टीकरण सोध्नु कारबाही नभई कारबाहीको प्रारम्भ मात्र भएको प्रमुख आयुक्त थपलियाले प्रस्ट पारे।

स्पष्टीकरण सोध्दा कोकोहोलो मच्याउने नेताहरूमा आचारसंहिताका सम्बन्धमा ८–१० दिनपछिको आयोगको निर्णयले भूकम्प ल्याउने उनले संशय व्यक्त गरे। ‘स्पष्टीकरणले तरंग पैदा भएको अवस्थामा आयोगले थप कारबाही गर्नुपर्दा भावी दिनमा भूकम्प पो आउने हो कि ? निर्वाचनलाई खर्चिलो र भड्किलो हुन नदिन आयोगले आचारसंहिता पालना गर्न अनुरोध गरेको छ,’ उनले भने, ‘जुन राजनीतिक दलहरूकै अनुरोधमा तयार गरिएको हो।’

सामाजिक सञ्जालबाट हुन सक्ने निर्वाचनसम्बन्धी तथ्यहीन, गलत, भ्रामक र अनुमानित सूचना सम्प्रेषण रोक्न आयोगले नियमनका लागि आवश्यक तयारी गरेको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए।

सुझावित समाचार