नेप्सेसँगै कारोबार रकममा पनि गिरावट

बिहिबार, ३ कार्तिक, २०७९
डिजिटल संस्करण

साताको कारोबारको अन्तिम दिन पनि सेयर बजारले लय समाउन सकेन।बिहीबार सेयर बजार परिसूचक नेप्से १.३८ अंकले घटेर एक हजार आठ सय ४४.१४ बिन्दुमा पुगेको छ। ‘क’ वर्गका कम्पनी मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.०९ वृद्धि भएर तीन सय ६३.०५ अंकमा पुगेको छ। 

आज व्यापार, विकास बैंक र लगानीबाहेक अरू समूहको सेयर सामान्य घटेको छ। नेप्सेसँगै कारोबार रकम पनि गिरावट आएकाे छ। दुई सय २१ वटा कम्पनीकाे १५ लाख ४६ हजार कित्ता सेयर ५० करोड ७६ लाख रुपैयाँमा कारोबार भएकाे छन्। सबैभन्दा धेरै अभियान लघुवित्तको तीन करोड ६९ लाख रुपैयाँको सेयर किनबेच भएकाे छ।  

जसमध्ये अभियान लघुवित्तको सवार्धिक तीन करोड ६९ लाख ५३ हजारको कारोबार हुँदा गरिमा विकास बैंकको दुई करोड ६७ लाख ५४ हजार र एभरेस्ट बैंकको दुई करोड ४९ लाख पाँच हजारको कारोबार भएको छ।

आज नेप्से सयपत्री हाइड्रोपावरको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ। त्यस्तै बिन्दवासिनी हाइड्रोपावरको सेयर मूल्य ४.३७ प्रतिशत र विशाल बजार कम्पनीको सेयर मूल्य ४.०४ प्रतिशतले वृद्धि भएको छ।

सुझावित समाचार