खानेपानी तथा सररसफाइ डिभिजन नम्बर ४ मन्थलीमा कार्यरत इन्जिनियर नवराज सत्यालसँग ३७ लाख ३० हजार रुपैयाँ बरामद भएका छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापलाई बुधबार अपराह्न १६ लाख नगद र १२ लाखको चेकसहित घुस लिँदै गर्दा पक्राउ गरेको थियो । मन्थली– १ स्थित इन्जिनियरको निवासबाट उनीहरू रंगेहात पक्राउ परेका थिए ।
खानतालासीका क्रममा उनीसँग थप नौ लाख ३० हजार रुपैयाँ स्रोत नखुलेको रकम भेटिएको आयोगले जनाएको छ ।
इन्छिनगाउँ लिफ्ट खानेपानी आयोजनाको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कामको भुक्तानीका लागि उनीहरूले घुस मागेका थिए ।
पक्राउ गरेर डेरामा खानतलासी गर्दा थप नौ लाख ३० हजार आयोगले बरामद गरेको थियो । इन्जिनियर सत्यालले सो रकमको स्रोत खुलाउन सकेका छैनन् ।