अस्पताललाई दान दिएकाले जोशीको शव नजलाइने

आइतबार, ३० असोज, २०७९
डिजिटल संस्करण
अस्पताललाई दान दिएकाले जोशीको शव नजलाइने

किष्ट मेडिकल कलेजमा आयोजित पत्रकार सम्मेलन । तस्बिर : अमुल थापा\\\\\\\\नयाँ पत्रिका

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको दाहसंस्कार नगरिने भएको छ ।  मृत्युअघि नै जोशीले आफ्नो शरीर अध्ययनका लागि अस्पताललाई दिने गरी दान गरेकाले दाहसंस्कार नगरिने भएको हो । 

सत्यमोहन जोशीको अन्त्येष्टिबारे मृतक जोशीका परिवार, ललितपुर महानगरपालिका र अस्पताल प्रशासनबीच  छलफल भएको थियो । किस्ट मेडिकल कलेजमा केहीबेर अघि पत्रकार सम्मेलन गर्दै जोशीको अन्त्येष्टिबारे औपचारिक धारणा सार्वजनिक गरिएको हो । 

जोशीका आफन्त, महानगर र अस्पतालबीचको छलफलले जोशीकै इच्छाअनुसार उनको शरीर अस्पताललाई दान गर्ने निर्णय गरेको हो ।

आज दिउँसो जोशीको अन्त्येष्टि तथा श्रद्धाञ्जली कार्यक्रम रहेको किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक सुरज बज्राचार्यले जानकारी दिताए । परिवारका आफन्त तथा सबै पक्षको छलफलपछि अब जोशीको शव अस्पतालले राखेर उनी निरोगी र दीर्घजीवन बाँच्नुका कारणबारे अध्ययन गर्नेछ । यद्यपि, आज आयोजना गरिने अन्त्येष्टि तथा श्रद्धाञ्जली कार्यक्रम नेवारी परम्पराअनुसार हुनेछ ।

जोशीको आज बिहान ७ बजेर ९ मिनेटमा  एक सय तीन वर्षको उमेरमा उपचारको क्रममा ललितपुरको इमाडोलस्थित किस्ट अस्पतालमा निधन भएको हो ।

सुझावित समाचार