सिद्धार्थ बैंकद्वारा तीन थान हेमोडायलाइसिस मेसिन हस्तान्तरण

आइतबार, ३० असोज, २०७९
डिजिटल संस्करण

सिद्धार्थ बैंकले विराटनगरस्थित कोसी अस्पताललाई तीन थान हेमोडायलाइसिस मेसिन हस्तान्तरण गरेको छ । बैंकका सञ्चालक समितिका सदस्य नरेन्द्रकुमार अग्रवालले कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मीनारायण यादवलाई शुक्रबार मेसिन हस्तान्तरण गरेका छन् ।

बैंकले पुर्याएको सो सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिहरूलाई डायलाइसिस सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । कार्यक्रममा बोल्दै कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मीनारायण यादवले हेमोडायलाइसिस मेसिनको उपयोगिता, प्रयोग र आवश्यकताबारे बताएका थिए ।

बैंकद्वारा हस्तान्तरण गरिएका डायलाइसिस मेसिनहरूको अधिकतम उपयोग गरिने उनले प्रतिबद्धता व्यक्त गरे । बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको बारेमा बैंक सञ्चालक नरेन्द्रकुमार अग्रवालले जानकारी गराएका थिए ।   

सुझावित समाचार