बैंक तथा वित्तीय संस्थाले लिने चर्को ब्याजदरको विरोधमा वीरेन्द्रनगर बन्द

शुक्रबार, २८ असोज, २०७९
डिजिटल संस्करण

बैंक तथा वित्तीय संस्थाहरूले लिने चर्को ब्याजदरको विरोधमा आज (शुक्रबार) वीरेन्द्रनगर बजार बन्द गरिएको छ । विभिन्न व्यावसायिक संघ–संस्थाहरूले सुर्खेतको वीरेन्द्रनगर बजार बन्दको आह्वान गरेका हुन् । 

बैंकहरूले लिने गरेको चर्को ब्याजविरुद्ध सुर्खेत उद्योग वाणिज्य संघमा बिहीबार बसेको व्यावसायिक संघसंस्थाहरूको बैठकले वीरेन्द्रनगर बजार बन्दको आह्वान गरेको हो । 

‘देशमा आर्थिक मन्दी भएको वेला अर्थतन्त्रलाई चलायमान बनाउने महत्वपूर्ण योगदान दिएको निजी क्षेत्रमा भएको ऋण लगानीको ब्याज मनपरी ढंगले महिनैपिच्छे बढाउने र सेवा शुल्कको नाममा अनेकौ रुपैयाँ लिएर आर्थिक भार थप्ने र ब्याजको किस्ताका लागि तारन्तर मानसिक दबाब दिने कार्यले निजी क्षेत्र हताेत्साही भएकाले बजार बन्दको आह्वान गरिएको’ सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले जानकारी दिए ।

बजार बन्द गर्नेहरूमा सुर्खेत उद्योण वाणिज्य संघ, नेपाल च्याम्बर अफ कमर्स सुर्खेत, नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेत, संयुक्त सार्वजनिक यातायात महासंघ, प्याब्सन सुर्खेत, एन प्याब्सन सुर्खेत, उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश, उद्योग वाणिज्य संघ सुर्खेत, मप ट्रक तथा ट्याक्टर व्यवसायी संघ सुर्खेत र कर्णाली स्वयंसेवक दल सुर्खेत रहेका छन् । 

See More On

सुझावित समाचार