हिमाल–दोलखा हाइड्रोपावरको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

मंगलबार, ११ असोज, २०७९
डिजिटल संस्करण

हिमाल–दोलखा हाइड्रोपावर कम्पनीले हकप्रद सेयरका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केटलाई नियुक्त गरेको छ । यसबारे हाइड्रोपावर कम्पनी र क्यापिटलबीच सम्झौता सम्पन्न भएको हो । सम्झौतापत्रमा हाइड्रोपावरकी अध्यक्ष रञ्जना दाहाल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका हुन् । 

हिमाल–दोलखा हाइड्रोपावर कम्पनीको हालको पुँजी एक अर्ब ६० करोडको प्रतिसेयर अंकित १०० रुपैयाँका दरले एक कित्ता सेयरको ०.७५ प्रतिशतको अनुपातमा एक करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीले इलामको इलाम नगरपालिका–९ र १० मा ४.५ मेगावाटको माइखोला साना जलविद्युत् आयोजना र माई नगरपालिका–९ स्थित आठ मेगावाटको माई साना क्यासकेड जलविद्युत् आयोजना सञ्चालन गरेको जनाएको छ ।

सुझावित समाचार