मंगलम पाइप्सको टेक्निसियन मिट

सोमबार, १० असोज, २०७९
डिजिटल संस्करण

सिपिभिसी पाइप्स र फिटिङ्स उत्पादक कम्पनी मंगलम पाइप्सले अघिल्लो आर्थिक वर्षमा उत्कृष्ट व्यवसाय गर्ने प्लम्बर टेक्निसियनलाई उपहार तथा सम्मान प्रदान गरी टेक्निसियन मिट आयोजना गरेको छ । कम्पनीले टिभी, ल्यापटप, सुनलगायतका उपहार प्रदान गरेको हो । 

कम्पनीले उत्कृष्ट काम गर्नेमध्ये टार्गेट स्ल्याबअनुसार ३२ इन्चको स्मार्ट टिभी १७ जनालाई, ब्रान्डेड ल्यापटप ११ जनालाई, एक तोला सुन ३६ जनालाई, बजाज डिस्कभर १२५ सिसी बाइक आठजनालाई, पल्सर १५० सिसी बाइक चारजनालाई, पल्सर २२० सिसी तीनजनालाई र बम्परमा चार तोला सुन आठजनालाई प्रदान 
गरेको हो ।  

कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक अभिनव चुरिवालले उपहार हस्तान्तरण गरेको जनाइएको छ । कार्यक्रममा कम्पनीको तर्फबाट जानकारीमूलक तथा मनोरञ्जनात्मक सामग्री पनि प्रस्तुत गरिएको थियो ।

सुझावित समाचार