अल्ट्रा प्रिमियम ह्विस्की बन्दीपुर र गोर्खाज एन्ड गन्सका निर्माता यती डिस्टिलरीले यती ब्रान्डको भोड्का बजारमा ल्याएको छ । कम्पनीले यो भोड्का अद्वितीय, गैरपरम्परागत बोतल र फंकी लेबलमा भएकाले उपभोक्ताको ध्यान आकर्षित गर्न सक्ने निश्चिततासहित बजारमा ल्याएको हो ।
बन्दीपुर र गोर्खाज एन्ड गन्सको सफलताले आफूलाई आधुनिक नेपाली उपभोक्तालाई उच्च गुणस्तरको स्पिरिटसहितको उच्च गुणस्तरको भोड्का उपलब्ध गराउन उत्साह जगाएको कम्पनीले जनाएको छ । यो भोड्का कुनै पनि अन्तर्राष्ट्रिय भोड्काको दाँजोमा कमजोर नभएको कम्पनीको दाबी छ ।
यती भोड्का स्विट्जरल्यान्डबाट पेटेन्ट गरिएका प्रविधिहरूसँग अतुलनीय सहजताका लागि चार गुणा डिस्टिल्ड र ट्रिपल प्लेटिनम फिल्टर गरिएको कम्पनीले जनाएको छ । यो भोड्का देशका सबै प्रमुख बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसको मूल्य सात सय ५० मिलिलिटर बोतलको दुई हजार दुई सय रुपैयाँ, तीन सय ७५ मिलिलिटरको बोतलको मूल्य एक हजार एक सय रुपैयाँ र एक सय ८० मिलिलिटर बोतलको मूल्य पाँच सय ५० रुपैयाँ तोकिएको छ ।