भीमफेदीको जुरिखेतमा बस दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु, थुप्रै घाइते

बिहिबार, ६ असोज, २०७९
डिजिटल संस्करण
भीमफेदीको जुरिखेतमा बस दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु, थुप्रै घाइते

मकवानपुरको भीमफेदी जुरिखेतमा दुर्घटनाग्रस्त बस । तस्बिर : सुदीप शिवाकाेटी/नयाँ पत्रिका

मकवानपुरको भीमफेदी जुरिखेतमा भर्खरै बस दुर्घटना हुँदा  ६ जनाको मृत्यु भएको छ । थुप्रै घाइते भएका छन् । 

तत्कालै घटनास्थल पुगेको प्रहरीले घाइतेको उद्धार गरिरहेको छ । मृतकको पहिचान खुल्न सकेको छैन । 

काठमाडौंबाट हेटौँडा जाँदै गरेको बा.३ख ७८५८ नम्बरको बस भीमफेदी गाउँपालिका– ६ जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको हो । 

सुझावित समाचार