नेप्सेसँगै खुम्चियो कारोबार रकम

बिहिबार, ६ असोज, २०७९
डिजिटल संस्करण

बुधबार दोहोरो अंकले बढेको सेयर बजार आज फेरि ओरालो लागेको छ। 

सेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ८३ अंकले घटेर १८  सय ३८ दशमलव ९६ बिन्दुमा झरेको छ।

आज सबै समूहको सेयर घट्नुका साथै कारोबार रकम पनि खुम्चिएको छ। दुई सय २९ वटा कम्पनीको २५ लाख ४२ हजार कित्ता सेयर किनबेच हुँदा जम्मा ६५ करोड ५७ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

समग्रमा बजार राताम्मे हुँदा साम्लिङ पावर कम्पनीको सेयरमा भने सकारात्मक सर्किट लागेको छ। यस्तै, सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ भने प्रभु डिबेन्चर र गरिमा डिबेन्चर २०८४ को सेयर झन्डै १० प्रतिशतले घटेको छ। 

सुझावित समाचार