- व्यापारिक उद्देश्यले आयात गर्न चाहनेको हकमा प्राइभेट/साझेदारी फर्महरू भए वाणिज्य तथा आपूर्र्ति व्यवस्था विभागमा, कम्पनीको हकमा कम्पनी रजिस्ट्रारको कार्यालयमा र उद्योगको हकमा उद्योग विभागमा आफ्नो फर्म, कम्पनी वा उद्योग दर्ता गर्नुपर्छ ।
- एजेन्सी भई कार्गोको हकमा वाणिज्य तथा आपूर्र्ति व्यवस्था विभागमा एजेन्सी दर्ता गर्नुपर्छ ।
- मूल्य अभिवृद्धि करमा दर्ता भएको प्रमाणपत्र ।
- पैठारी गरिने मालवस्तुको परिमाण र मूल्यलगायतका विषयमा बिक्रीकर्तासँग भएको सम्झौतापत्र वा प्रोफर्मा बीजक हुनुपर्छ ।
- प्रोफर्मा बीजक वा सम्झौतापत्रसहित संलग्न राखी प्रतीतपत्र खोल्न बैंकमा निवेदन दिनुपर्छ ।
- बैंकले पनि आफ्नो नियम र सर्तबमोजिम केही रकम धरौटी वा जमानत लिएर तोकिएको सर्त पूरा गरेमा मात्र सामान विक्रेताले विदेशस्थित बैंकबाट भुक्तानी पाउने गरी प्रतीतपत्र खोलिदिन्छ ।
- प्रतीतपत्र विदेशस्थित विक्रेताले प्राप्त गरेपछि मालवस्तु निजले चलान गरिदिन्छ र यसरी चलान भएको कागजात नेपालको प्रतीतपत्र खोल्ने बैंकमा प्राप्त भएपछि प्रतीतपत्रमा उल्लेख भएको विदेशी मुद्राबराबरको नेपाली रुपैयाँ प्रतीतपत्र खोल्ने पार्टीले बैंकमा बुझाउनुपर्छ ।
- प्रतीतपत्र खोल्ने बैंकले विविनि (विदेशी विनिमय नियन्त्रण) फारम–चारसहितका कागजात प्रमाणित गरी मालवस्तु आयात हुने भन्सार विन्दुमा सिलबन्दी गरी पठाउँदछ ।
- यिनै कागजात संलग्न गरी भन्सार प्रज्ञापनपत्र सम्बन्धित भन्सार कार्यालयमा पेस गरी दर्ता र सम्प्रेषण गरेपछि मालवस्तुको भन्सार जाँचपास प्रक्रिया सुरु हुन्छ ।
- पैठारी मालवस्तुमा नियमानुसार लाग्ने महसुल, कर, शुल्क बुझाएपछि मात्र भन्सारबाट आफ्नो सामान लैजान पाउने कानुनी व्यवस्था छ ।
- भन्सार जाँचपासको प्रक्रिया पूरा गरी मालवस्तु जाँचपास गराउने कार्य मालधनी स्वयंले वा निजले अख्तियारी गरेको भन्सार एजेन्टले मात्र गर्न पाउने व्यवस्था छ ।स्रोत : भन्सार विभाग
नेपालमा तेस्रो मुलुकबाट मालवस्तु आयात गर्न कस्ता प्रक्रिया पूरा गर्नुपर्छ ?
एउटै समूहसँग १० वटा ग्यास उद्योग
३ हप्ता अघि
सुझावित समाचार
राष्ट्र बैंकले बढायो विदेशी मुद्रा सटही सुविधाको सीमा
व्यक्तिगत तथा व्यावसायिक प्रयोजनमा हुने विदेशी मुद्राको सहटी सीमा पाँच गुणासम्म वृद्धि, स्वास्थ्य उपचारका लागि वार्षिक ३० …
निर्माण क्षेत्रको विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय
काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को उपदफा १(क) बमोजिम विशेष मूल्य समायोजन लागू गर्ने …
२७ जलविद्युत आयोजनाको आरसिओडी थपियो
काठमाडौं/ नेपाल विद्युत् प्राधिकरणले पहिलो चरणमा ५४०.४७ मेगावाट क्षमताका २७ जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्ने मि…
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी बढ्यो
काठमाडौं। स्थानीय बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी मह…
बाल क्यान्सर उपचार सुधारका लागि राष्ट्रिय समन्वयमा जोड
काठमाडौं/ नेपालमा बाल क्यान्सर उपचारका लागि थप प्रभावकारी समन्वय, पहुँच विस्तार तथा अझ एकीकृत राष्ट्रिय दृष्टिकोण अवलम्बन गर्न आह्…
‘महालक्ष्मी महा सोमबार’ योजना सञ्चालन
काठमाडौं/महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रवद्र्धन गर्न, नगदरहित बैंकिङ कारोबारलाई बढावा दिन ‘महालक्ष्मी महा सोमब…