नेपालमा विदेशी लगानी कति ?

अर्थ ज्ञान

मंगलबार, ४ असोज, २०७९
डिजिटल संस्करण

लगानी बोर्डले स्थापना भएको १० वर्षमा आठ अर्ब ७४ करोड डलर विदेशी लगानी स्वीकृति गरेको छ । बोर्डले यो अवधिमा ३३ परियोजनामा सो रकमबराबरको विदेशी लगानी स्वीकृति गरेको हो । अधिकांश लगानी जलविद्युत् क्षेत्रमा आएको छ । जलविद्युत्सम्बन्धी २० आयोजनामा ६ अर्ब डलर विदेशी लगानी स्वीकृत भएको छ ।

 त्यस्तै, खानी तथा खनिजअन्तर्गत ३५ करोड ९० लाख अमेरिकी डलर लगानीका लागि आएको छ भने सबैभन्दा बढी विदेशी लगानी भने ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाका लागि आएको छ । उक्त आयोजनामा एक अर्ब ६० करोड डलर विदेशी लगानी स्वीकृत भएको छ । साथै, होङ्सी, शिवम् सिमेन्टमा १४ करोड अमेरिकी डलर स्वीकृत भएको छ । 

सुझावित समाचार