शारीरिक रूपमा फिट रहन म खानपानमा ध्यान दिन्छु । बेलुका सात घन्टा सुत्छु । मैले दैनिक यो फर्मुला अपनाएको छु । खानापानमा मैले सतर्कता अपनाएको छु । मलाई खाना यही समयमा खानुपर्छ भन्ने समय तालिका छैन । राति ९ बजे खाए भोलिपल्ट ११ बजे पनि खान्छु, ४ बजे पनि खान्छु । सकेसम्म झन्डै १६ घन्टा फास्टिङ पनि पुग्छ । किनभने, फास्टिङ स्वास्थ्यका लागि निकै महत्वपूर्ण रहेछ ।
मलाई पहिले ‘अल्सर’ भएको थियो । त्यसवेला म दुई–दुई घन्टाको ग्यापमा खान्थेँ । तर, त्यो गलत रहेछ । म सकेसम्म तेल, चिनी र मैदाका खानेकुरा खाँदिनँ । तेल भएका खानेकुरा खाँदिनँ । मैदाका आइटम सकेसम्म खाने गरेको छैन । तेलमा तारेकोबाहेक मासु खान्छु । मलाई अन्डा निकै मन पर्छ, नियमित खाने गरेको छु ।
फिटनेसका लागि जिम जाने चलन छैन । घरको तल–माथि हिँडिरहन्छु । त्यसैले मलाई एक्सरसाइज पुगिरहेको छ । शरीरलाई चाहिने पानीको मात्रा पुर्याएको हुन्छु ।
ब्ल्याक कफी दुई–तीन कप खान्छु । सिजनल फलफूल खान्छु । दूधभन्दा दही मन पर्छ । दही मेरो खानामा समावेश गर्छु । किनभने, दही स्वास्थ्यका लागि पनि फाइदाजनक रहेछ । हामीले शारीरिक रूपमा फिट रहन जिम सेन्टर जानुपर्छ भन्ने होइन । खानपानमा विशेष ध्यान दिनुभयो भने तपाईंको शरीर स्वस्थ रहन्छ ।