नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली झाङ्सुको सवारीले सर्वसाधारणलाई सास्ती भएको छ । बिहान उनले भक्तपुर दरबार स्क्वायरको अवलोकन गर्ने कार्यसूची भएपछि कोटेश्वर-ग्वार्को सडकखण्ड अस्तव्यस्त बनेको छ ।
भक्तपुरमा करिब एक घन्टा बिताएर फर्किएका छन् । ली झाङ्सुले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दै छन् ।
















