मोबाइल प्रयोग गर्दा यी कुरामा ध्यान दिनुस्

सोमबार, २७ भदौ, २०७९
डिजिटल संस्करण

सन्देशसिंह बस्नेत सञ्चालक एसबिएस मोबाइल रिपेयर, काठमाडौं 

आजको समय मोबाइल अत्यावश्यक बनिसक्यो । तर, यसले हाम्रो जीवनमा जोखिम पनि निम्त्याएको छ । मोबाइलले उत्पादन गर्ने रेडिएसनले मानवीय स्वास्थ्यमा असर गर्छ । त्यसका लागि हामीले मोबाइलको प्रयोग सुरक्षित रूपमा गर्नुपर्ने हुन्छ । 

गोजीमा नबोक्ने
हामीमध्ये धेरैले गोजीमा मोबाइल राख्ने गरेका छौँ । तर, यो राम्रो होइन । किनकि, फोन प्रयोग नभएको वेला पनि यसले नजिकैको टावरमा कनेक्ट हुने प्रयास गरिरहेको हुन्छ । यसक्रममा रेडिएसन उत्पादन हुन्छ । जो हाम्रो स्वास्थका लागि घातक छ । 

सिरानीमुनि नराख्ने
कहिलेकाहीँ ब्याट्री तातेर वा अन्य प्राविधिक कारणले फोन पड्कन सक्छ र दुर्घटना निम्तिन सक्छ । त्यस्तै, फोन प्रयोग नहुँदा पनि फोनसेटले टावरसँग कनेक्सन खोजिरहेको हुन्छ । यसले रेडिएसन उत्पादन गर्छ र शरीरलाई असर गर्न सक्छ । त्यसैले सुत्ने समयमा सिरानीमुनि फोन राख्नुहुन्न ।

See More On

सुझावित समाचार