‘जोमसोम’ र ‘गोल्डेन आइस’ बियर बजारमा

बिहिबार, २३ भदौ, २०७९
डिजिटल संस्करण

ओम ब्रुअरी प्रालिले उत्पादन गरेका जोमसोम र गोल्डेन आइस बियर बजारमा आएको छ । पोखरामा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइराला र नेपाल मदिरा उत्पादक संघका केन्द्रीय अध्यक्ष बैजुप्रसाद बाबराले बियरको बिक्री शुभारम्भ गरेका हुन् । 

बजारमा आएको दुई नयाँ बियरको नेपालभर बिक्री वितरण गर्ने आधिकारिक विक्रेता पोखरा महानगरपालिका– ५ मा रहेको तारासुमन सप्लायर्स रहेको छ ।सप्लायर्सका प्रोप्राइटर ताराप्रसाद ढुंगाना मदिरा व्यवसायी महासंघका केन्द्रीय महासचिवसमेत हुन् । जर्मन प्रविधिबाट उत्पादन भएको दुई बियरमा जर्मन हप्स, बार्ली माल्ट, ब्रोकन राइसलगायतको मिश्रण रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजयप्रसाद जैसवालले जानकारी दिए ।

मासिक एक लाख केस उत्पादन गर्ने पूर्ण स्वचालित अटोमेटिक प्लान्ट रहेको उद्योगमा तीन सयजनाले प्रत्यक्ष रोजगारी पाएको जैसवालको भनाइ छ । नेपाल मदिरा उत्पादक संघका केन्द्रीय अध्यक्ष बैजुप्रसाद बाबरा तथा ओमप्रकाशको करिब दुई अर्ब लगानीमा रौतहट जिल्लाको डुमरियामा मदिरा उद्योग स्थापना गरिएको छ । 

विसं २०५४ देखि बाबा डिस्टिलरीको नामबाट मदिरा उत्पादन सुुरु गरिएको ज्योति डिस्टिलरी तथा श्री बाबा बैजुनाथ सुगर एन्ड केमिकल इन्डस्ट्रिज हुँदै ओम ब्रुअरीसम्म आइपुग्दा नेपालभर आफ्नो डिलरमार्फत मदिरा बिक्री–वितरण भइरहेको र कम्पनीले उत्पादनमा कुनै समस्या नरहेको सिइओ जैसवालले बताए । बियर बिक्रीको सुरुवात गर्दै गण्डकी प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष कोइरालाले नेपालमा दिनप्रतिदिन मदिराजन्य उत्पादनको माग बढ्दै गएको बताए ।

विदेशबाट आयात हुने मदिराजन्य पदार्थ घटाउने गरी नेपाली व्यवसायीहरूले काम गर्न आवश्यक रहेकोमा उनले जोड दिए । विदेशी मदिरालाई प्रतिस्थापन गर्ने गरी काम गर्नुपर्ने उनको भनाइ थियो । नयाँ दुई उत्पादनले बियरको बजारमा राम्रो स्थान लिने उत्पादकले विश्वास व्यक्त गरेका छन् । 

See More On

सुझावित समाचार