अनुहारमा चमक ल्याउने केही उपाय

बिहिबार, २३ भदौ, २०७९
डिजिटल संस्करण

हेल्थ टिप्स

डा. ललन खतिवडा छालारोग विशेषज्ञ 

- मुख्य कुरा, मानसिक रूपमा सन्तुष्ट हुनुपर्छ । आफू जे छु, त्यसैमा सन्तोष गर्न सक्यो, आफैँलाई राम्रो ठान्यो भने अनुहारमा स्वतः चमक आउँछ । 
- नियमित शारीरिक व्यायाम पनि आवश्यक छ । नियमित व्यायामले तपाईंको शरीरबाट पसिनासँगै धेरै विकार बाहिर निकाल्छ, शरीरलाई ऊर्जाशील र अनुहार सफा बनाउँछ । 
- हामीले खाने खाना कति स्वस्थकर छ, यस विषयमा ख्याल गर्नुपर्छ । खानपानमा पर्याप्त ध्यान दिनुपर्छ, समयमा खानुपर्छ । पानी पर्याप्त पिउनुपर्छ । 
- हरेक दिन हाम्रो जीवन दौडधुपमै बितिरहेको छ । सूर्यको प्रकाशमा फैलिएका विभिन्न विकिरणहरूले हाम्रो छालामा प्रत्यक्ष असर गर्छन् । त्यसैले यसबाट जोगिन हामीले बाहिर निस्कनुअघि सनस्क्रिन लगाउनुपर्छ । सनस्क्रिनले प्रदूषणबाट पनि हाम्रो छालालाई जोगाउँछ । 

सुझावित समाचार