हलगोरु पाल्न आर्थिक अनुदान

मंगलबार, २१ भदौ, २०७९
डिजिटल संस्करण
हलगोरु पाल्न आर्थिक अनुदान

असार १५ असार ०७६ धान दिवसको अवसरमा गोरखाको पालुङटार नगरपालिका– १ मा खेत जोत्दै डा. बाबुराम भट्टराई । तस्बिर : बाबुरामको ट्विटर

तनहुँको म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई आर्थिक अनुदान दिने भएको छ । त्यस्ता किसानलाई जनही दश हजार रुपैयाँ अनुदान दिने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । 

अधिकारीले किसानलाई गोरुपालनमा प्रोत्साहन गर्न अनुदान दिने कार्यक्रम ल्याइएको जानकारी दिए । यसका लागि गाउँपालिकाले हलगोरु पाल्ने किसानको तथ्यांक संकलन गर्ने योजनासमेत बनाएको उनले जानकारी दिए । 

गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कृषि नै आर्थिक समृद्धिको मुख्य आधार भएकाले गाउँपालिकाले किसानलाई आवश्यक पर्ने कृषि औजरका सामग्रीमा ५० प्रतिशत अनुदान प्रदान गर्दै आएको पनि जानकारी दिए । 
 

सुझावित समाचार