मौसमअनुसारको मेकअप कसरी गर्ने ?

मंगलबार, २१ भदौ, २०७९
डिजिटल संस्करण

सबैकौ एउटै स्किन हुँदैन । कसैको ड्राई हुन्छ र कसैको चिल्लो हुन्छ भने कसैको नर्मल पनि हुन्छ । जाडो महिनामा स्किन ड्राई हुने सम्भावना धेरै हुन्छ । त्यसका लागि मोस्चराइजर र सन्सक्रिम अनिवार्य लगाउनुपर्छ । मोस्टराइजरले अनुहारलाई ग्लो र स्मुथ बनाउँछ । सनस्क्रिन बिहान, दिउँसो र बेलुका लगाउँदा राम्रो हुन्छ ।

सामान्यतया बिहान र बेलुका अनिवार्य लगाउनुपर्छ । गर्मी महिनामा  प्रायजसोको अनुहार आयली हुन्छ । त्यसका लागि कुन क्रिम सुट हुन्छ, त्यो लगाउनुपर्छ । विशेष गरी ड्राई बनाउने क्रिम लगाउनुपर्छ । 

कसैलाई ब्रान्डअनुसारको क्रिमले सुट गर्छ भने कसैलाई कम मूल्यको कम्पनीको क्रिमले सुट गर्ने हुन्छ । स्किनअनुसार सुट हुने क्रिम लगाउनुपर्छ । क्रिम छनोट गर्दा फेसलाई सुट हुन्छ/हुँदैन, प्रयोग गरेर मात्र किन्नुपर्छ । फाउन्डेसन किन्दा पनि आफ्नो स्किनअनुसार सुरुमा सुट हुन्छ/हुँदैन प्रयोग गरेर मात्र छनोट गर्नुपर्छ । 

कपाललाई घामबाट बचाउन
- कपाल धोएपछि कन्डिसनरको उपयोग गर्नुस् । यसो गर्दा घामको किरण सीधै कपालमा पुग्न पाउँदैन । दही पनि प्राकृतिक कन्डिसनर हो । यसको प्रयोगले कपाल मुलायम बन्नुका साथै जराका फोहोर पनि सफा गर्छ । त्यसैले हप्तामा तीनपटक कपालमा दही लगाई १५ मिनेटसम्म रहन दिनुस् ।

- दही र अन्डाको सेतो भाग मिलाएर पनि कपालमा लगाउन सक्नुहुन्छ । यसो गर्दा कपाल मुलायम र चमकदार बन्छ ।

- घाममा बढी हिँड्नुपर्ने काम छ भने हप्तामा एकपटक कपालको स्पा गर्नुस् । पार्लर या घरमै बसेर पनि स्पा गर्न सक्नुहुन्छ । कपाल धोएपछि सुकाउनका लागि हेयरड्रायरको प्रयोग कहिल्यै नगर्नुस् । यसो गर्दा कपालमा हानि पुग्छ ।

See More On

सुझावित समाचार