दुर्घटनामा परेका सञ्चारकर्मी दाहाललाई प्रेस युनियनले दियो एक लाख

आइतबार, १२ भदौ, २०७९
डिजिटल संस्करण

नेपाल प्रेस युनियन सुनसरीले दुर्घटनामा परेका सञ्चारकर्मी मनोज दाहाललाई एक लाख रुपैयाँ हस्तान्तरण गरेको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले शनिबार सञ्चारकर्मी दाहालकै घरमा पुगेर दुर्घटनाबापतको एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । 

रकम हस्तान्तरपछि बोल्दै महासंघका अध्यक्ष पोखरेलले मुलुकमा रहेका पत्रकारहरूलाई दुःखकै समयमा संगठन आवश्यक पर्ने उल्लेख गरे । उनले भने, ‘पत्रकारिता क्षेत्रमा संलग्न भइसकेपछि मसँग संस्था छ, मसँग समुदाय छ भन्ने अनुभूति पत्रकारले गर्न पायो भने त्यही नै सबैभन्दा ठूलो सम्पत्ति हो ।’

बिमाले उपलब्ध गराएको रकमले सबै उपचार सम्भव नभए पनि संस्था साथै रहेको अनुभूति गर्नु महत्वपूर्ण रहेको उनले बताए। प्रेस युनियनको उक्त कार्य सराहनीय रहेको भन्दै उनले प्रशंसासमेत गरे ।

सुझावित समाचार