नेपाल र बेलायतबीच श्रम समझदारीमा हस्ताक्षर, बेलायत जाने स्वास्थ्य जनशक्तिले शुल्क तिर्नुनपर्ने

सोमबार, ६ भदौ, २०७९
डिजिटल संस्करण

नेपालबाट बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा श्रमसचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

समझदारीअनुसार नेपालका स्वास्थ्य क्षेत्रका जनशक्तिले बेलायतमा रोजगारीका अवसर प्राप्त गर्नेछन्। रोजगारीका लागि बेलायत जाने श्रमिकले कुनै पनि शुल्क तिर्नुपर्ने छैन। उनीहरूले पाँच वर्षका लागि बेलायतमा काम गर्न पाउनेछन्।

सुझावित समाचार