पासोमा परेर गर्भिणी चितुवाको मृत्यु

बुधबार, १ भदौ, २०७९
डिजिटल संस्करण

सिकारीले थापेको पासोमा परेर गर्भिणी चितुवा र पेटमा रहेका दुई बच्चको ज्यान गएको छ । बैतडीको दशरथचन्द नगरपालिका– ४ बिनासौमा घटना भएको हो । 

निमित्त डिभिजन वन प्रमुख श्यामसुन्दर माझीले पोस्टमार्टम गर्दा पेटभित्र दुईवटा बच्चा मृत फेला परेका जानकारी दिए । 
पछाडिको भाग पासोमा बाँधिएर केही घन्टासम्म रूखमा झुन्डिएको अवस्थामा उद्धारपछि चितुवालाई खोरमा पुर्याइएको थियो । लगत्तै ज्यान गएको माझीले बताए । बँदेलका लागि थापेको पासोमा चितुवा परेको बताइएको छ । 

जनपथ, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा वनरक्षकले पासोबाट उद्धार गरी खोरमा पुर्याएका थिए । ‘पेटमा दुई बच्चा रहेछन्,’ माझीले भने, ‘पासो पनि त्यहीँ बेरिएको पीडाका कारण छिट्टै ज्यान गएको हुन सक्छ ।’

सुझावित समाचार