भरतपुर आँखा अस्पतालले १८ जनाबाट ३५ वटा आँखाको नानी संकलन गरेको छ । नेपाल नेत्रज्योति संघ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा स्थापना गरिएको भीमराज उषामाया पाठक आँखा बैंकमार्फत आँखाको नानी संकलन गरिएको हो ।
अस्पतालले ०७४ बाट आँखाको नानी संकलन तथा प्रत्यारोपण सुरु गरेको हो । कार्यक्रम हेर्दै आएकी छाया श्रेष्ठका अनुसार हालसम्म ११४ जनाको आँखाको नानी प्रत्यारोपण गरिएको छ । उनले ८४१ जनाले मरणोपरान्त आँखा दान गरेको जानकारी दिइन् ।
विगतमा कोरोनाका कारण नानी संकलन कार्य प्रभावित भए पनि पछिल्ला दिन धेरै नानी संकलन हुन थालेको उनले बताइन् । संकलित नानी ४५ वर्षदेखि ९९ वर्ष उमेर समूहको रहेका छन् ।
अस्पतालमा कर्निया रोग विशेषज्ञ डा. पुष्पा गिरीको नेतृत्वको टिमले आँखाको नानी प्रत्यारोपण गर्दै आएको छ । गिरीका अनुसार मानिसको मृत्यु भएको आठ घण्टाभित्र आँखाको नानी संकलन गर्न सकिन्छ ।
यहाँ संकलन गरिएको नानी नेपाल आँखा बैंक तिलगंगा काठमाडौं पठाउने गरिएको छ । तिलगंगामा नानीलाई प्रशोधन गरेपछि मात्रै प्रत्यारोपण गर्न मिल्ने उनले बताए ।
१८ जनाबाट आँखाका ३५ नानी संकलन
व्यवसायी शंकरलाल अग्रवाल फेरि थुनामा
४ हप्ता अघि
१७ सहसचिवको सरुवा, काे कहाँ ? [सूचीसहित]
४ हप्ता अघि
गृह मन्त्रालयका ५१ कर्मचारीको सरुवा
४ हप्ता अघि
सुझावित समाचार
जाजरकोटमा विद्यालयको साढे १७ लाख हिनामिना, व्यवस्थापन समिति अध्यक्षसहित चारविरुद्ध मुद्दा
काठमाडौं । जाजरकोटको कुसे गाउँपालिका– २ स्थित मान्नेढुंगा माविको व्यवस्थापन समितिका पूर्वअध्यक्ष र पूर्वप्रधानाध्यापकसहित च…
आइजिपी कार्कीले बोलाए पिसिसी बैठक
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले प्रहरी संगठनका नीतिगत विषयमा छलफल गर्न नीति समन्वय समिति (प…
नागढुंगा सुरुङमार्गमा कात्तिक १५ देखि टोल शुल्क लाग्ने
काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भए…
तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का अन्त्य
काठमाडौं। मेची करिडोर (केचना–कञ्चनजंघा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भन्ज्याङ खण्डको ९.५ किलोमिटर सडक स्तरोन्नति गर्न…
काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार
काठमाडौं । अछाम सदरमुकाम मंगलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक खण्डको काम समयमा नसक्ने ठेकेदारको ठेक्…
बोलेरोको ठक्करबाट मर्निङवाकमा निस्किएकी महिलाको मृत्यु
उदयपुर । उदयपुरको बेलका नगरपालिका– ९, झन्डाचोकमा बोलेरोको ठक्करबाट मर्निङवाकमा निस्किएकी ५६ वर्षीया महिलाको …