बिआइएससँग युरो पराजित

मंगलबार, २४ साउन, २०७९
डिजिटल संस्करण

बौद्ध इन्टरनेसनल स्कुलको आयोजनामा सोमबारदेखि सुरु भएको पाँचौँ बिआइबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताअन्तर्गत महिलातर्फ बिआइएसले युरो स्कुललाई ३३–३० को झिनो अन्तरमा पराजित गरेको छ । पहिलो क्वार्टरमा दुवै टोलीले समान ८–८ स्कोर गरेका थिए । दोस्रो क्वार्टरमा बिआइएसले युरोलाई ९–७ को अन्तरले पछि पार्यो । तेस्रो क्वार्टरमा बिआइएसले आफ्नो अग्रता कायम राख्दै ९–५ को स्कोर गर्यो । अन्तिम क्वार्टरमा युरोले बिआइएसलाई १०–७ ले पछि पारेको थियो । सो खेलमा बिआइएसकी सव्र्रिना पन्थले १३ स्कोर गरेकी थिइन् । 

यसैगरी पुरुषतर्फ युरोले विन्सोम इंग्लिस बोर्डिङ स्कुल (वेब्स) लाई ४७–१६ ले हरायो । पहिलोदेखि चौथो क्वार्टरसम्म युरो स्कुलले उत्कृष्ट प्रदर्शन गरी वेब्सलाई स्कोर गर्ने मौका दिएन । यस खेलमा विजयी टोलीका अभिनभ थापाले सर्वाधिक २५ स्कोर गरेका थिए । तेस्रो खेलमा नेमोनिक एकेडेमीले निस्ट भक्तपुरमाथि ३५–८ को एकपक्षीय स्कोरमा जित निकाल्यो । यस खेलमा लाक्पाले सर्वाधिक आठ स्कोर गरेका थिए । यसैगरी महिलातर्फ भेनस स्कुल निस्टसँग ३१–९ ले पराजित भएको छ । सो खेलमा निस्टकी पूर्णिमा बरालले सर्वाधिक १८ स्कोर गरेकी थिइन् । 

प्रतियोगितामा काठमाडौं उपत्यकाका विभिन्न २० विद्यालयका २५ टोलीको सहभागिता रहेको इसिएका इन्जार्ज सुब्रत राजोपाध्यायले बताए । पुरुषमा १३ तथा महिलामा १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेल भइरहेको छ । 

See More On

सुझावित समाचार