गत वर्ष भएको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)को नतिजा बुधबार सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार अनिवार्य संस्कृत भाषा र फलित ज्योतिषमा कुनै पनि विद्यार्थीले ए प्लस ल्याउन सकेनन् ।
संस्कृत भाषामा सबैभन्दा राम्रो नतिजा भनेको ए ग्रेड हो । त्यो पनि जम्मा सातजनाले ए ग्रेड ल्याएका छन् । अझ, फलित ज्योतिषमा बी प्लससम्म पनि कसैले ल्याएनन् । उसै पनि संस्कृत ऐच्छिक लिएका परीक्षार्थीको संख्या कम थियो । नतिजा थप निराशाजनक आएको छ ।