गत वर्ष भएको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)मा देशभरबाट नौ हजार ६ सय ३३ विद्यार्थीले उच्च जिपिएर ल्याएका छन् । तीमध्ये संख्यात्मक रूपमा सबैभन्दा धेरै बागमती प्रदेशका छन् ।
३.६ देखि ४.० जिपिएलाई उच्च मानिन्छ । बागमतीमा चार हजार ६ सय दुईजनाले उच्च जिपिएर ल्याउँदा कर्णालीका एक सय १४ जनाले मात्र यो नतिजा ल्याएका छन् ।
प्रदेश १ मा उच्च जिपिए ल्याउने एक हजार एक सय ८७, गण्डकीमा एक सय ८४, लुम्बिनीमा एक हजार दुई सय २० र सुदूरपश्चिममा एक सय ९५ छन् ।