टी–२० ब्याटिङ वरीयतामा नेपालका तीन खेलाडी यथावत्

बिहिबार, १२ साउन, २०७९
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी)ले ब’धबार सार्वजनिक गरेको टी–२० ब्याटिङ वरीयतामा नेपालका तीन खेलाडीको स्थान यथावत् रहेको छ । वरीयताअन’सार ओपनर क’शल भ’र्तेल ३९औँ स्थानमा छन् । उनले पाँच सय तीन रेटिङ अंक पाएका छन् । क’शलभन्दा एक स्थान माथि दक्षिण अफ्रिकाका डेभिड मिलर छन् । ४०औँ स्थानमा अस्ट्रेलियाका विश्वप्रसिद्ध ब्याट्सम्यान डेभिड वार्नर छन् । 

यसैगरी ब्याटिङतर्फ नेपालका मध्यक्रम ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी ४१औँ स्थानमा छन् । उनले चार सय ९८ रेटिङ प्राप्त गरे । नेपालका आसिफ सेख ९५औँ स्थानमा छन् । उनले तीन सय ७४ रेटिङ हात पारेका छन् । सेखभन्दा एक स्थानमाथि भारतका हार्दिक पाण्डेया छन् । टी–२० ब्याटिङ वरीयतामा पाकिस्तानका बाबर आजम शीर्ष स्थानमा छन् । उनले सर्वाधिक आठ सय १८ रेटिङ अंक पाएका छन् । दोस्रो स्थानमा पाकिस्तानकै मोहमद रिजवान छन् । 

 एकदिवसीयमा नेपाल १९औँ स्थानमा
आइसिसीको एकदिवसीय वरीयतामा नेपाल १९औँ स्थानमा छ । आइसिसी विश्वकप लिग २ क्रिकेट प्रतियोगितामा ओमान र अमेरिका भ्रमणमा खराब प्रदर्शन गरेका कारण नेपालले वरीयतामा स’धार गर्न नसकेको हो । नेपालले २२ खेलमा तीन सय ३१ अंक जोडेको छ । एकदिवसीयतर्फ न्य’जिल्यान्ड शीर्ष स्थानमा छ । विश्व च्याम्पियन इंग्ल्यान्ड दोस्रो स्थानमा छ । 
यसैगरी टी–२० टोली वरीयतामा नेपाल १३औँ स्थानमा छ । नेपालभन्दा एक स्थानमाथि टेस्ट मान्यता प्राप्त टोली जिम्बावे रहेको छ । नेपालभन्दा एक स्थान तल नामिबिया छ । नेपालले १३औँ स्थान रक्षा गर्दा चार हजार ६ सय २४ अंक बट’ल्यो । 

 कप्तान सन्दीप ३९औँ स्थानमा
बलिङतर्फको वरीयतामा नेपालका कप्तान सन्दीप लामिछाने ३९औँ स्थानमा रहेको आइसिसीले जनाएको छ । सन्दीपले चार सय ९० रेटिङ बट’लेका छन् । फास्ट बलर अविनाश बोहरा तीन सय ९३ रेटिङ अंकका साथ ८९औँ स्थानमा छन् । बलिङतर्फको वरीयतामा अस्ट्रेलियाका जोस हेजलउड शीर्ष स्थानमा छन् । उनले सर्वाधिक सात सय ९२ अंक बट’ले । इंग्ल्यान्डका आदिल रसिद दोस्रो स्थानमा छन् । 

टी–२० अलराउन्डर वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी नवौँ स्थानमै यथावत् रहे । उनले एक सय ५२ रेटिङ अंक हात पारे । अलराउन्डरको शीर्ष स्थानमा अफगानिस्तानका मोहमद नाबी छन् । नाबीले सर्वाधिक द’ई सय ६७ रेटिङ अंक हात पारे । आइसिसीले एकदिवसीय ब्याटिङतर्फको वरीयता सार्वजनिक गर्दा नेपालका य’वा ब्याट्सम्यान रोहितक’मार पौडेल ८१औँ स्थानमा यथावत् रहे । उनले चार सय ६१ रेटिङ अंक प्राप्त गरेका छन् । ब्याटिङतर्फ नेपालका विकेटकिपर ब्याट्सम्यान आसिफ सेखले द’ई स्थान स’धार गरेका छन् । सेख ९८औँ स्थानमा छन् । यसअघिको वरीयतामा उनी १००औँ स्थानमा थिए । यसपटक सेखले चार सय २१ रेटिङ हात पारे । 

सुझावित समाचार