एउटै रूखमा झुन्डिएको अवस्थामा भेटिए तीन किशोरी

आइतबार, ८ साउन, २०७९
डिजिटल संस्करण

झापामा एउटै रूखमा तीन किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। कचनकवल– ५ स्थित सुनकोसी चिया बगाननजिकै एक रूखमा उनीहरूको शव झुन्डिएको अवस्थामा फेला परेको हो।

कचनकवल– ५ की १६ वर्षीया करिना गणेश, १७ वर्षीया अञ्जली गणेश र १६ वर्षीया कल्पना गणेशको शव झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।

चिया बगानमा काम गर्दै आएका उनीहरू शनिबार घुम्न भनेर निस्केका थिए। घर नफर्केपछि राति अबेरसम्म खोजी गर्दा उनीहरू आइतबार बिहान झुन्डिएको अवस्थामा भेटिएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी पाठकले बताए।

See More On

सुझावित समाचार