शीर्ष नेताहरूलाई मधेसका मन्त्रीहरूले बुझाए ज्ञापनपत्र, राजधानीको स्थायी संरचना निर्माणलगायतका माग

आइतबार, ८ साउन, २०७९
डिजिटल संस्करण

मधेस प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूले सत्तारूढ दलका शीर्ष नेताहरूलाई भेटेर ज्ञापनपत्र बुझाएका छन्।

आइतबार प्रधानमन्त्रीनिवास बालुवाटार पुगेर उनीहरूले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई ज्ञापनपत्र बुझाएका हुन्।

सो क्रममा उनीहरूले राजधानीको स्थायी संरचना निर्माण, प्रहरी समायोजन र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य तत्काल सुरु गराइदिन माग गरेका थिए।

सुझावित समाचार