प्रेस युनियनको महाधिवेशनमा प्रधानमन्त्रीले भने– नियोजित लाञ्छना छाेडाैँ, निष्पक्ष पत्रकारिता गरौँ

शुक्रबार, ६ साउन, २०७९
डिजिटल संस्करण
प्रेस युनियनको महाधिवेशनमा प्रधानमन्त्रीले भने– नियोजित लाञ्छना छाेडाैँ, निष्पक्ष पत्रकारिता गरौँ

नेपाल प्रेस युनियनको ९औँ महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

प्रधानमन्त्री शेरबहादुर देउवाले निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्र बलियो बनाउने बताएका छन् । हेटौँडामा शुक्रबारबाट सुरु नेपाल प्रेस युनियनको नवाैँ महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्रीले निष्पक्ष पत्रकारिताका लागि आग्रह गरे। 

‘पछिल्लो समय नियोजित रुपमै झुठा समाचार लेख्ने र विभिन्न लान्छना लगाउने प्रवृति बढेको पाइएको छ,’ उनले भने, ‘त्यसलाई कमजोर बनाउने निष्पक्ष पत्रकारिता अति नै आवश्यक छ।’ उनले राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनका लागि भएको विभिन्न चरणको संर्घषमा प्रेसको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै राजनीतिक स्थायित्वको विषयमा पत्रकारले सदैव कलम चलाउनुपर्ने बताए।

कोरोनाकालमा समते सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै उनले भने ‘सत्यतथ्य सूचनाले मात्रै मुलुकको विकास हुन्छ। लोकतन्त्रलाई बलियो बनाउन स्वच्छ पत्रकारिता गर्न जरुरी छ।’

फरक प्रसंगमा देउवाले केहि समयभित्रै आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा हुने बताए। सरकार आम निर्वाचनको तयारीमा रहेकाले निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादित बनाउने गरी कलम चलाउन पनि उनले पत्रकारहरुसँग आग्रह गरे।

सुझावित समाचार