दाङको तुलसीपुरबाट चारजना लागुऔषध कारोबारीलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार बिहीबार साँझ ६ बजेतिर चार सय ९० मिलिग्राम ब्राउनसुगरसहित चारजनालाई पक्राउ गरिएको हो ।
तुलसीपुर- ६ शिवा शिखर कोलोनी टोलमा लागुऔषध बिक्री–वितरण भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले तुलसीपुर- ६ ज्ञानज्योति टोल बस्ने २१ वर्षीय अर्जुन नेपलीको साथबाट एक पुरिया, तुलसीपुर– ६ सुकौरा रोड बस्ने २५ वर्षीय सागर गन्धर्वको साथबाट ६ पुरिया, तुलसीपुर ५ बसपार्क बस्ने २३ वर्षीय सन्तोष विकको साथबाट दुई पुरिया र सोही ठाउँ निवासी २५ वर्षीय निर्मल घर्तीको साथबाट एक पुरिया ब्राउनसुगर बरामद गरेकाे छ ।
उनीहरू चारैजनालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट २३ हजार रुपैयाँ नगदसमेत बरामद गरिएको छ । प्रहरी निरीक्षक बखतबहादुर शाहीको कमान्डमा खटिएको आठजना प्रहरीको टोलीले उनीहरूलाई ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो ।