बजेट निर्माणमा अनधिकृत र बाहिरका व्यक्तिलाई प्रवेश गराएको आरोप खेपिरहेका तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा बयानका लागि अर्थ समितिमा पुगेका छन् । केहीबेरअघि उनी सिंहदरबारस्थित अर्थ समितिको कार्यालय पुगेका हुन् । पूर्वअर्थमन्त्री शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन समिति गठन गरिएको थियो।
तत्कालीन अर्थमन्त्री शर्माले आर्थिक वर्ष ०७९–८० को बजेट बनाउने क्रममा जेठ १४ गते अनधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ। यही मुद्दालाई उठाएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नियमित संसद् बैठक अवरुद्ध गरेपछि तत्कालीन अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएका थिए ।