नारायणकाजीलाई इंगित गर्दै ओलीले भने : विचार मिल्दैन भने त्यो पार्टीमा किन बस्नुहुन्छ ?

शनिबार, ३२ असार, २०७९
डिजिटल संस्करण
नारायणकाजीलाई इंगित गर्दै ओलीले भने : विचार मिल्दैन भने त्यो पार्टीमा किन बस्नुहुन्छ ?

फाइल फाेटाे

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विचार नमिल्ने पार्टीमा नबस्दा उपयुक्त हुने आशय व्यक्त गरेका छन्। माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई इंगित गर्दै ओलीले यस्तो बताएका हुन्।

शनिबार नेपाल–चीन मैत्री समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठले ओलीलाई संघ र प्रदेशको निर्वाचनमा तालमेल र पार्टी एकताको प्रस्ताव गरेका थिए। जवाफमा ओलीले सोही कार्यक्रममा विचार नमिल्ने पार्टीमा किन बस्नुहुन्छ भन्दै प्रश्न गरेका हुन्।

'विचार मिल्दैन भने त्यो पार्टीमा किन हुनुहुन्छ तपाईंहरू ? विचार मिल्दैन भने पार्टी मिल्दैन। पार्टी त तपाईंहरू जहाँ अल्झिरहनुभएको छ, त्यो मात्र छैन होला नि !' ओलीले भने।

सुझावित समाचार