जलवायु परिवर्तनको असर ः पत्थर बन्दै हेलम्बुका हिमशृंखला (फोटोफिचर)

शनिबार, ३२ असार, २०७९
डिजिटल संस्करण

जलवायु परिवर्तनको बढ्दो असरले हिमाली क्षेत्रको तापक्रम बढेको अध्ययनले देखाएको छ । हिमाली क्षेत्रको विकासबारे अध्ययन गर्ने संस्था इसिमोड र भौगर्भिक अध्ययन गर्न भेमाथाङ पुगेका विभिन्न संघसंस्थाले जलवायु परिवर्तनको बढ्दो असरले हिमाली क्षेत्रको तापक्रम बढेको बताएका छन् ।

सिन्धुपाल्चोकस्थित हेलम्बुको हिमाली क्षेत्रमा धमाधम हिउँ पग्लँदै छ । तापक्रम बढेर हेलम्बुमा उत्पादन हुने स्याउ नष्ट भएको छ । चिसोमा बस्ने याक लोप हुँदै गएका छन् । हिमाली वनस्पति मर्दै गएका छन् । लेकाली क्षेत्रमा पाइने रेडपान्डा देख्न छाडिएको छ । हिमाली भेगमा पाइने थुप्रै वनस्पति र जीवजन्तु लोप हुँदै गएको छ ।

डाँडा, खोल्सा र बस्तीमा पानीको मुहान सुकेका छन् । सेता हिमाल पत्थरमा परिणत भएका छन् । हेलम्बुको सिरानमा रहेका पाँच हजारदेखि पाँच हजार नौ सय मिटर उचाइका हिमशृंखलाबाट हिउँ पग्लेर बनेको चट्टानी दृश्य :

सुझावित समाचार