मापदण्डका आधारमा ल्याब सञ्चालन हुनुपर्छ : स्वास्थ्य राज्यमन्त्री

शुक्रबार, ३१ असार, २०७९
डिजिटल संस्करण

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान केन्द्र र महाराजगन्जस्थित नेसनल ल्याबको निरीक्षण गरेका छन् । शुक्रबार स्वास्थ्य राज्यमन्त्री केसीले दुवैको ल्याब अनुगमन गरेका हुन् । आयुर्वेद अनुसन्धान केन्द्रको निरीक्षणका क्रममा स्वास्थ्य राज्यमन्त्री केसीले अनुसन्धान केन्द्रको बृहत् विकासका लागि आफू संवेदनशील भएको बताए । 

नेसनल प्याथ ल्याबको अनुगमनका क्रममा राज्यमन्त्री केसीले मापदण्ड नपुगेको ल्याबले सेवा दिँदा गुणस्तरीयता र स्वास्थ्य संवेदनशीलतामा प्रश्न उठ्ने बताए। ‘अहिले पनि केही प्रयोगशालाहरू मापदण्डभित्र नरहेको पाइएको छ । मापदण्डमा रही प्रक्रियाभित्र रहेर सञ्चालनमा ल्याउन आग्रह गर्छोँ,’ उनले भने, ‘नत्र भने कारबाही गर्नुको विकल्प छैन ।’ 
 

सुझावित समाचार