कञ्चनपुरको गोबरैयामा भारतीय लुटेराद्वारा दिउँसै लुटपाट

बिहिबार, ३० असार, २०७९
डिजिटल संस्करण

भीमदत्त नगरपालिका– ४ गोबरैयामा भारतीय लुटेराहरूले बुधबार दिउँसै लुटपाट गरेका छन् । निङ्लाशैनी मन्दिरनजिक गीताचन्द सिंहको घरमा चारजनाको समूहले दिउँसै  एक लाख रुपैयाँसहित सुनका गहना लुटेको पीडितले प्रहरीलाई जानकारी दिएका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार पीडितकोे उजुरीमा भारतीय नागरिकजस्ता देखिने चारजनाले हातखुट्टा बाँधेर चोरी गरेको उल्लेख गरिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । 

सुझावित समाचार