राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम नेकपा एमालेको पार्टी कमिटीमा रहेको खुलास भएसँगै गभर्नर अधिकारीको आलोचना भइरहेको छ । यसैबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले एम अधिकारी को हो भन्ने विषय एमालेले सार्वजनिक गर्नुपर्ने बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् ।
‘महाप्रसाद गभर्नर हुन् भने एम अधिकारी को हुन् ? एमालेले सार्वजिक गरोस् । कार्यकर्ता भएर ल्याइने मौद्रिक नीतिले लक्ष्य भेट्टाउन सक्दैन,’ नेता पौडेलले लेखेका छन्, ‘यो तथ्य पछिल्लो एमाले सरकारको काम हेरेर पुष्टि हुन्छ। चुलिँदो आर्थिक तरलतालाई फास्ट ट्रयाकमा हल गर्न र नागरिकका दैनिक समस्या सम्बोधन गर्न लचक हुनुपर्दछ ।’
महाप्रसाद गभर्नर हुन् भने एम अधिकारी को हुन् ? एमालेले सार्वजिक गरोस् । कार्यकर्ता भएर ल्याइने मौद्रिक नीतिले लक्ष्य भेट्टाउन सक्दैन, यो तथ्य पछिल्लो एमाले सरकारको काम हेरेर पुष्टि हुन्छ। चुलिँदो आर्थिक तरलतालाई फास्ट ट्रयाकमा हल गर्न र नागरिकका दैनिक समस्या सम्बोधन गर्न लचक हुनुपर्दछ ।
— Pradip Paudel (@paudelpradipNC) July 13, 2022