सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स गाभिने

मंगलबार, २८ असार, २०७९
डिजिटल संस्करण

सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले एक–आपसमा गाभ्ने–गाभिने प्रारम्भिक समझदारी भएको छ । दुवैको एक बराबर एक सेयर स्वाप अनुपातमा गाभिने पारम्भिक समझदारीमा हस्ताक्षर भएको हो । 

समझदारीमा सिद्धार्थ इन्स्योरेन्सका अध्यक्ष रतनलाल केडिया तथा प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठले हस्ताक्षर गरेको जनाइएको छ । हस्ताक्षर समारोहमा दुवै कम्पनीका सञ्चालक एवं वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको जनाइएको छ । 

सुझावित समाचार