विराटनगर महानगरमा न्यायिक र लेखा समिति गठन

शनिबार, २५ असार, २०७९
डिजिटल संस्करण

विराटनगर महानगरपालिकाले न्यायिक र लेखा  समिति गठन गरेको छ। दशौँ अधिवेशनको शनिबारको अन्तिम बैठकले उपप्रमुख शिल्पा निराला कार्कीको नेतृत्वमा न्यायिक समिति, महानगर सदस्य बलराम कारन्जितको संयोजकत्वमा लेखा समिति गठन गरेको हो।  

यसैगरी, न्यायिक समितिको सदस्यमा वडा नम्बर ११ का अध्यक्ष तीथेन्द्र न्यौपाने र वडा नम्बर ९ सदस्य रूपा देउजा चयन भएका छन्। यस्तै, लेखा समितिको सदस्यमा २ नम्बर वडाकी सदस्य मेनुका परियार र ९ नम्बर वडाका सदस्य रियाज अहमद चयन भएका छन्।  

सुझावित समाचार