प्रतिनिधिसभाको बुधबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्मालाई संसदमा बोल्न नदिने एमालेले बताएको छ। केहीबेरमा बस्ने प्रतिनिधिसभाको रोस्ट्रममा अर्थमन्त्री शर्मालाई बोल्न दिइने कुरा बाहिरिएपछि एमालेले अर्थमन्त्रीलाई बोल्न नदिने बताएको हो।
अर्थमन्त्री शर्मालाई संसदमा कुनै पनि हालतमा बोल्ने नदिने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए। उनले भने, ‘उहाँलाई कुनै पनि हालतमा संसदमा बोल्न दिन्नौँ, बरु बर्खास्तपछि उहाँको जवाफ सुन्न सकिन्छ।’ बजेट निर्माणका क्रममा अर्थमन्त्री शर्माले चलखेल गरेकाले उनले तत्काल राजीनामा दिनुपर्ने प्रमुख सचेतक भट्टराईले बताए।