साइमेक्सको नेभर सिन फिस्कल इयर एन्ड अफर

मंगलबार, २१ असार, २०७९
डिजिटल संस्करण

बिवाइडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले ‘फिस्कल इयर एन्ड अफर’ सार्वजनिक गरेको छ ।  यो अफर बिवाइडी अल न्यू ई ६ मा लागू हुने कम्पनीले जनाएको छ । जसमा परिवर्तनकारी ब्लेड–ब्याट्रीको सुविधा रहेको छ ।

योजनाअन्तर्गत गिफ्ट ह्यामपर्स, क्यास डिस्काउन्ट एन्ड एक्सचेन्ज बोनस र आगामी आर्थिक वर्षका लागि फ्री रोड ट्याक्स उपलब्ध हुनेछ । यो अफर आर्थिक वर्ष ०७८/७९ मा लागू हुनेछ ।साइमेक्स इन्क प्रालिले इभिलाई प्रोत्साहन गर्न र केही राम्रा परिवर्तन ल्याउन यस्ता थुप्रै अफरहरू ल्याएको जनाएको छ ।

सुझावित समाचार