माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक बस्दै

आइतबार, १९ असार, २०७९
डिजिटल संस्करण

माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने भएको हाे । 

बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी निर्वाचनको तयारी, पार्टीका विविध आन्तरिक विषय तथा अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

सुझावित समाचार