नबिलले ‘नबिल ग्रिन विक’को रूपमा दिगो बैंकिङको वार्षिकोत्सव मनाउँदै

बिहिबार, १६ असार, २०७९
डिजिटल संस्करण

२०७८ सालको धान दिवसको दिन नबिल बैंकले सुरु गरेको ‘नबिल दिगो बैंकिङको वार्षिकोत्सव ‘नविल ग्रिन विक’को रूपमा मनाउने भएको छ । बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएकालाई वित्तीय साक्षरता सुनिश्चित गर्न, कृषि क्षेत्रको व्यवसायीकरण गर्न, उद्यमशीलता प्रवद्र्धन एवं नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई सघाउने उद्देश्यले ‘नबिल दिगो बैंकिङ’ सुरु गरेको हो । 

उक्त एक वर्षमा नबिल बैंक मात्र नभएर नेपाली बैंकिङ जगतमै ‘नबिल दिगो बैंकिङ’ एक नवीन पहलको रूपमा स्थापित भएको बैंकले दाबी गरेको छ । आफ्नो प्रारम्भिक कालबाटै हाइड्रोमा लगानी गर्नेदेखि सहुलियत कर्जा प्रदान गर्नाका साथै सामाजिक वातावरण तथा उत्तरदायित्वका क्षेत्रमा काम गरी दिगो बैंकिङको अभ्यास गर्दै आइरहेको बैंकले जनाएको छ ।

बैंकले ‘नबिल दिगो बैंकिङ’अन्तर्गत वित्तीय पहुँच न्यून भएका नागरिकलाई लक्षित गर्दै ‘नबिल किसान कर्जा’ र ‘नबिल उद्यमशील कर्जा’ ल्याएको जनाएको छ । आफ्ना १७ दुर्गम शाखाबाट सुरु गरेको यस कर्जाअन्तर्गत २०७९ जेठ मसान्तसम्म कुल पाँच सय ७१ किसान तथा साना उद्यमीलाई करिब ४१ करोड कर्जा उपलब्ध गराएको र तीमध्ये करिब ६ हजार महिला रहेका बैंकले उल्लेख गरेको छ । 

यसैगरी ‘नबिल दिगो बैंकिङ’का उद्देश्यमध्ये वातावरण र सामाजिक सरोकार र संवद्र्धन महŒवका साथ अगाडि बढाइरहेको उद्देश्य रहेको बैंकले उल्लेख गरेको छ । तसर्थ, बैंकले व्यावसायिक संस्थाहरूलाई कर्जा प्रदान गर्ने बखत वातावरणीय र सामाजिक जोखिमलाई ध्यानमा राखी ‘इएसआरएम’ गाइडलाइनअन्तर्गत मात्र कर्जा प्रदान गर्ने व्यवस्था रहेको जनाएको छ ।

नबिल बैंकले सन् २०१८ देखि नै एक करोड रुपैयाँभन्दा बढी ऋण सुविधा लिने र कमर्सियल लिजिङ, टर्म फाइनान्स वा प्रोजेक्ट फाइनान्समध्ये कुनै पनि सुविधा प्राप्त गर्ने ग्राहकहरूमा ‘इन्भाइरन्मेन्ट एन्ड सोसल रिस्क ड्यु डिलिजेन्स’ सञ्चालन गरिरहेको बैंकले जनाएको छ । 

सुझावित समाचार