पेट्रोलियम हाम्रो उत्पादन होइन, बाहिरबाट ल्याएकै मूल्यमा बेच्न सक्दैनौँ : मन्त्री बडू (भिडियाेसहित)

सोमबार, ६ असार, २०७९
डिजिटल संस्करण

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने बाध्यात्मक अवस्थामा सरकार रहेको बताएका छन्। सोमबार प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री बडूले अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले सरकार बाध्यतामा परेर मूल्य बढाउनुपरेको बताएका हुन्।

पेट्रोलियम पदार्थ नेपालको उत्पादन नभएकाले बाहिरबाट महँगोमा खरिद गर्नुपरेको र सरकार सस्तोमा बेच्न सक्ने अवस्थामा नरहेको उनले प्रस्ट पारे। मन्त्री बडूले सरकारले बढेर आएको मूल्यमा १० रुपैयाँ कर घटाएको उल्लेख गर्दै सोभन्दा बढी घटाउन सक्ने स्थितिमा नरहेको जिकिर गरे।

‘पेट्रोलियम पदार्थ हाम्रो उत्पादन होइन। बाहिरको बजारमा जे रेट छ त्यसैमा किनेर ल्याउने हो। किनेर ल्याएका रेटमा बेच्न सक्दैनौँ। त्यसमा कम गर्ने कुरा सरकारले लगाएको करलाई कम गरेर उपभोक्तालाई कम गर्ने हो। त्यसका लागि प्रयास गरिरहेका छौँ। सरकारले पेट्रोलियम पदार्थमा लगाइरहेको करलाई पनि कम गरेका छौँ। त्यो प्रतिलिटर पेट्रोल र डिजेलमा १० रुपैयाँ घटाएका छौँ। त्योभन्दा बढी घटाउने अवस्थामा सरकार पनि रहेन,’ उनले भने।
 

सुझावित समाचार