लुम्बिनीमा बजेट पेस गर्न एमालेको अवरोध

बुधबार, १ असार, २०७९
डिजिटल संस्करण

लुम्बिनी प्रदेश सरकारले पेस गर्न लागेको बजेट एमाले अवरोधका कारण प्रभावित भएको छ । प्रदेश सभाको बुधबारको बैठकमा  बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको थियो । 

तर, बैठक सुरु गर्न लाग्दा एमालेले राज्यमन्त्री विमलाकुमारी खत्री वलीले महिला र बालिकामाथि गरेको दुर्व्यवहारबारे सरकारको जवाफ माग्दै सदन चल्न नदिने बताएपछि बैठक प्रभावित भएको छ ।

सरकारले जवाफ दिएपछि मात्रै सदनमा बजेट प्रस्तुत गर्न दिने एमालेले बताएको छ । एमालेले अवरोध गरेपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक २५ मिनेटका लागि स्थगित गरेका छन् । 

बैठकमा प्रमुख सचेतक भूमिश्वर ढकालले  सरकारको जवाफ मागेका थिए । लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री कृष्णध्वज खड्काले बुधबार अपराह्न ४ बजे आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रदेश सभामा बजेट प्रस्तुत गर्ने तयारी थियो ।

सुझावित समाचार