आज छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेर ९६ हजार पाँच सयमा आएको छ । अघिल्लो दिन सुन प्रतितोला ९७ हजार एक सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ६ सय थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यकाे तुलनामा स्थिर रही प्रतितोला एक हजार दुई सय ४५ कायम रहेको महासंघले जनाएको छ ।